२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च अदालतमा पदबहाली गर्दै उनले मुद्दाको चाप कम गरी न्यायालयको साख बढाउनेतर्फ लाग्ने बताए।

‘नेपालको न्यायालय लयमा फर्केको छ, त्यो गौरवको विषय हो’, उनले भने ‘अदालत पारदर्शी छ, म न्यायको पवित्रतालाई उचाइमा पुर्‍याउन प्रयत्न गर्नेछु, न्यायिक सुधार अनिवार्य सर्त हो, त्यसको विकल्प छैन, आन्तरिक रूपमा पनि कटिबद्ध र प्रतिबद्ध छौँ, न्यायपालिकाको साख र विश्वसनीयता अझै बढाउन लाग्नेछु ।’

नेपालको न्यायालयको ३२ औँ प्रधानन्यायाधीशका रूपमा राउतले करिब १८ महिना न्यायालयको नेतृत्व गर्ने छन् । प्रधानन्यायाधीश राउत २०८२ चैत १८ गते उमेर हदका कारण सेवाबाट अवकाश पाउनेछ । उनी २०७३ साउन १७ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए।

विसं २०१७ चैत १८ गते उदयपुरमा जन्मेका प्रधानन्यायाधीश राउतले नेपाल ल क्याम्पसबाट स्नातक गरेका छन् । उनले २०३९ सालदेखि २०७२ सालसम्म ३३ वर्ष कानुन व्यवसायीका रूपमा काम गरेका थिए । कानुन व्यवसायीका रूपमा काम गर्दा उनी नेपाल बार एसोसिएसनको अध्यक्षसमेत भएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij