२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सुन तोलाको एक लाख ६० हजार ७०० रुपैयाँ

सुन तोलाको एक लाख ६० हजार ७०० रुपैयाँ

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।

तोलामा  तीन सय रुपैयाँले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । बुधबार प्रतितोला  एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबारका लागि भने  एक लाख ६० हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला  एक हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि पनि समान नै निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij