२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने

काठमाडौं । सरकारले दशैँका लागि असोज १२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ । मंगलबार यातायात व्यवसायी, यातायात व्यवस्था विभागका प्रतिनिधि र सरोकारवाला निकायसँगको उपस्थितिमा भएको छलफलले दशैंका लागि अग्रिम टिकट असोज १२ गतेदेखि खुलाउने निर्णय गरेको हो ।

दशैंका लागि आगामी असोज १२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

सरकारले लामो दूरीका सवारी सञ्चालनका लागि घटस्थापना अघि नै सडक मर्मत गरिसक्ने र यातायात व्यवसायीले पनि अग्रिम टिकट खुलाइ सेवा दिने विषयमा सरकार र यातायात व्यवसायीबीच सहमति भएको सिटौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij