२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सर्वोच्चद्वारा दुर्गा प्रसाईं पक्राउविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

सर्वोच्चद्वारा दुर्गा प्रसाईं पक्राउविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । प्रहरीले प्रसाईलाई एक महिलाको चरित्र हत्या गरेको आरोपमा आइतबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij