२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआईबी टोली पोखरा जाँदै

सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआईबी टोली पोखरा जाँदै

काठमाडौं ।पोखरा उपमहानगरपालिका–५ स्थित सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पोखरा जाने भएको छ ।  अनुसन्धानमा सघाउन सीआइबीको दुई जनाको टोली मंगलबार पोखरा पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाका अनुसार दुई जनाको टोली आज साँझ  पोखरा पुग्नेछन् । पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी तथा गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले गोरखा मिडियका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij