२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

गृहलाई धरानका मेयर साम्पाङको पत्र – डीएसपी मल्ललाई सरुवा गरिदिनू

गृहलाई धरानका मेयर साम्पाङको पत्र – डीएसपी मल्ललाई सरुवा गरिदिनू

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज मल्ललाई सरुवा गरिदिन गृह मन्त्रालयलाई पत्र लेखेका छन्। डीएसपी मल्लले आफू स्वयं‍ले दिएको उजुरी समेत दर्ता नगरेको, स्थानीय सरकारले भनेको नमानेको र ढुङ्गा गिट्टी तस्करलाई पक्राउ गर्न जान नमानेको भन्दै मेयर साम्पाङले सरुवा गरिदिन आग्रह गरेका हुन्।

पत्रमा उनले डीएसपी मल्ले पत्र नपठाइ केही गर्न नमानेको, स्थानीय शान्ति सुरक्षामा खासै काम नगरेको, स्थानीय सरकारको सुरक्षा गर्न नसकेको तथा सार्वजनिक जग्गा अतिक्रमण तस्करको अराजक गतिविधि रोक्न प्रहरीको सहयोग माग्दा समयमा कहिले नआउने गरेको आरोप लगाएका छन्।

नगर प्रमुख स्वयंलाई गाली बेइज्जती र आक्रमण गर्न खोज्ने मान्छेलाई प्रकाउ गरी छानबिन नगरेको उनले बताएका छन्। मल्लले शान्ति सुरक्षामा बिलकुल चासो नदिने भएकाले उनलाई अन्तै सरुवा गरी धरानमा अर्को डीएसपी पठाइदिन आग्रह गरेका छन्।

harka-sampang1694780269.jpg

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij