काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नजिकिँदै गर्दै गरेको चाडपर्वको अवसरमा ‘१८औँ वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’ योजना सार्वजनिक गरेको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर १८ वर्षमा प्रवेश गरेको अवसरमा चाडपर्व लक्षित गर्दै आफ्ना ग्राहकहरूसँग खुसी साटन उक्त योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
९० दिनसम्म चल्ने उक्त योजनामा ग्राहकहरूले लक्की ड्र मार्फत हरेक महिना २ जनाले सामसुङको स्मार्टफोन पाउने छन्।
यस्तै हरेक हप्ता २ जनाले सामसुङको स्मार्ट टिभी, ९० दिनसम्म हरेक दिन १८ जना विजेताहरूले जनही रु ५०० को वालेट टप्अप् पाउने छन्।
त्यस्तै एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको छ।
अफर असोज १ देखि मङ्सिर ३० गते सम्म लागू हुनेछ। यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने ग्राहकहरू यो उपहार योजनामा सहभागी हुनेछन्।
यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij