२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको एक लाख ५७ हजार

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको एक लाख ५७ हजार

 

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला  पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ ।

महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला  एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला  एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार नौ सय १५ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij