२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

बालेनको चेतावनी : सात दिनभित्र मन्त्रीले कारबाही नगरे महानगरले अस्पताल नै बन्द गरिदिन्छ

बालेनको चेतावनी : सात दिनभित्र मन्त्रीले कारबाही नगरे महानगरले अस्पताल नै बन्द गरिदिन्छ

काठमाडौँ- काठमाडौँ महानगरभित्रका अस्पताललाई सचेत गराउन काठमाडौँ महानगरका मेयर बालेन शाहले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई ध्यानाकर्षण गराएका छन्।

महानगरभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य संस्था मापदण्ड ऐन २०७७ अनुसार विपन्न वर्गलाई दिनुपर्ने निशुल्क सेवा नदिएकोलगायतको विषयमा बालेनले मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका हुन्।

कानुनअनुसार सञ्चालन मापदण्ड पुरा नरेका स्वास्थ्य संस्थालाई सात दिनभित्र कारबाही गर्न बालेनले मन्त्रीलाई भनेका छन्। मन्त्रीले कारबाही नगरे महानगरले कारबाही चेतावनी पनि दिएका छन्।

‘स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुनअनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउनेतर्फ मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौँ’ बालेनले भनेका छन्।

त्यस्तै उनले थप भनेका छन्, ‘यदि मन्त्री ज्युले ७ दिन भित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ।’

महानगरले यसबारे सम्बन्धित सबैलाई जानकारी दिन जेठ ६ गते सार्वजनिक सूचना निकालेको पनि बालेनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij