२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

हिजोदेखि ज्वरो थियो, राति एक्कासी बाथरुममा ढलेका थिए नेम्वाङ

हिजोदेखि ज्वरो थियो, राति एक्कासी बाथरुममा ढलेका थिए नेम्वाङ

काठमाडौं । नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति बाथरुम जाने क्रममा लडेको पारिवारिक स्रोतले जनाएको छ । मंगलबार नेम्बाङलाई ज्वरो पनि आएको थियो। उनलाई परिवारका सदस्यले भाइरल भन्ने शंका गरेका थिए। तर राति एक्कासी हृदयघात भएर उनको निधन भयो।

पारिवारिक स्रोतले दिएको जानकारीअनुसार १ बजेर १० देखि २० मिनेटको बीचमा हृदयघात भएको अनुमान छ । बालुवाटारमा बस्ने नेम्वाङलाई तत्कालै अस्पताल लगिएको थियो । ‘हामीले करिब १ बजेर ४० मिनेट जाँदा अस्पताल पुर्‍याइसकेका थियौँ,’ स्रोतले भन्यो, ‘करिब एक घण्टापछि अस्पतालले मृत घोषणा गरेको थियो ।’

नेम्वाङको निधनपछि बिहानीपख प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए ।

नेम्वाङको पार्थिव शरीरलाई अहिले पार्टी कार्यालयमा राखिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij