२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको बोर्ड बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

जोशी यसअघि एक कार्यकाल बोर्डको सीईओ बनेका थिए । जोशी पर्यटन बोर्डकै पूर्वकर्मचारीसमेत हुन् । सीईओका लागि पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति बनेको थियो ।

समितिले जोशीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले पूर्व सीईओ धनञ्जय रेग्मी, जोशी र ज्ञानेश्वर महतोको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij