२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

पेरिस पारा ओलम्पिक्समा पदक विजेता पलेशालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

काठमाडौं । पेरिस पारा ओलम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

पेरिस पारालिम्पिक– २०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा ऐतिहासिक कांस्य पदक जितेर नेपाल फर्किएकी पलेशालाई बुधबार बिहान त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ अंकले पराजित गर्दै नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् । रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौशाला नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै रापेख परिसर, त्रिपुरेश्वरसम्म र्यालीका  साथ परिक्रमा गराइएको थियो ।

तस्बिर: हरिराम भेटुवाल / रासस

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij