२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

समाजवादी मोर्चाले आज हेटौंडामा सभा गर्ने

समाजवादी मोर्चाले आज हेटौंडामा सभा गर्ने

काठमाडौं : चार राजनीतिक दल सम्मिलित समाजवादी मोर्चाले आज मकवानपुरको हेटौँडामा बागमती प्रदेश स्तरीय सन्देश सभा गर्दैछ।

सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भएको र सोही अनुसार बागमती प्रदेशको हेटौँडामा सभा गर्ने लागिएको नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन्। आजै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्नेसमेत तयारी छ।

सभालाई प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्नेछन्।

गत असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा गठन गरेका थिए।

भदौ ४ गते बसेको बैठकले मोर्चालाई प्रभावकारी बनाएर लैजाने भन्दै यसको उद्देश्य र लक्ष्यबारे जानकारी दिन सबै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको थियो।

मोर्चाले मधेस, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा सभा गरिसकेको छ । कोशीको विराटनगरमा भदौ २५ गते भोलि सभा गर्दै छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij