२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

कालोसूचीमा १३ निर्माण कम्पनी (सूचनासहित)

कालोसूचीमा १३ निर्माण कम्पनी (सूचनासहित)

काठमाडौं । समयमै काम नसक्ने र मापदण्डअनुसार काम नगर्ने १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको आज एक सार्वजनिक सूचना जारी गर्दै जनाएको छ ।

तीन निर्माण कम्पनीलाई तीन वर्ष, दुई निर्माण कम्पनीलाई दुई वर्ष, एउटालाई डेढ वर्ष र बाँकी सात निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालोसूचीमा परेका निर्माण कम्पनीले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

13-1693879632.jpg

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij