२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

भारतविरुद्ध हरेक छक्का वा विकेट वापत् एक लाख पुरस्कार

भारतविरुद्ध हरेक छक्का वा विकेट वापत् एक लाख पुरस्कार

काठमाडौं : भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्का बापत् नेपाली क्रिकेट टिमलाई एक लाख रुपैयाँ पुरस्कार दिने अर्ना बियरले घोषणा गरेको छ।

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच आज हुने खेलमा हरेक छक्काको एक लाख दिने घोषणा गरेको हो। अर्ना बियरले सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख र प्रत्येक चौकामा २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा भारत र नेपालबीच आज समूह चरणको अन्तिम खेल हुँदैछ। नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij