२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौं । नेपालले सेप्टेम्बर ८ र ११ मा म्यानमारसँग हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले आइतबार आफ्नो टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो।

नेपालले फिफा विन्डो अन्तर्गत म्यान्मारको याङ्गुनमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाली टिम:

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल ।
डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा ।
मिडफिल्डरः अरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु ।
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij