काठमाडौं । समाजप्रेस डटकमकी ग्लोबल इडिटर झरना अधिकारी नोजा पत्रकारिता अवार्डबाट सम्मानित हुनुभएको छ । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) ले हरेक वर्ष प्रदान गर्ने ११ हजार १ सय ११ रुपैयाँ राशिको सो अवार्ड यसवर्ष वरिष्ठ पत्रकार अधिकारीलाई प्रदान गरिएको हो । दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील अधिकारीले महिला अधिकार, सामाजिक सुधार, युवा र आर्थिक क्षेत्रका विभिन्न विधामा कलम चलाउँदै आउनुभएको छ ।
राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) को दशौं वार्षिकोत्सवको अवसरमा सो अवार्ड प्रदान गरिएको हो । हाल अध्ययनको सिलसिलामा अमेरिका रहनुभएकी पत्रकार अधिकारी टेक्सस र काठमाडौं दुवै स्थानबाट सञ्चालित समाजप्रेसकी ग्लोबल इडिटर हुनुहुन्छ । नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले पत्रकारिताको माध्यमबाट नेपाली समाजमा पुर्याएको योगदानका लागि अधिकारीलाई अवार्ड प्रदान गरिएको बताउनुभयो ।
वार्षिकोत्सव समारोहमा वागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij