२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

सुमेरू सहकारीका शेयरसदस्य राजबहादुर सिंहसँग संसदीय समितिले गर्यो सोधपुछ

सुमेरू सहकारीका शेयरसदस्य राजबहादुर सिंहसँग संसदीय समितिले गर्यो सोधपुछ

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सुमेरू वचत तथा ऋण सहकारी संस्थाका शेयरसदस्य राजबहादुर सिंहसँग सोधपुछ गरेको छ ।

समितिले सोमबार सिंहलाई बोलाएर सोधपुछ गरेको हो । समितिसँगको छलफलमा सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः संचालन गर्ने योजनाका साथ नयाँ संचालक समूह आएको बताएको समिति संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।सिंह पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij