२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

भ्रष्टाचारको विषयमा सरकारले कुनै सम्झौता गर्दैनः प्रधानमन्त्री ओली

भ्रष्टाचारको विषयमा सरकारले कुनै सम्झौता गर्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको कुरामा कसैको अनुहार हेरेर क्षमा दिने काम नगर्ने बताएका छन् ।

मंगलबारको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले अहिलेको सरकार प्रतिशोधका लागि नभई अर्थतन्त्रमा र समाजको सुधारको लागि भएकोले भ्रष्टाचारको विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले कसैले भ्रष्टाचार गर्यो भने अनुहार पनि नहेर्ने बताए । उनले भने, ‘भ्रष्टाचारको विषयमा सरकारले कुनै सम्झौता गर्दैन। कसैले कसुर गर्यो भने अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम सरकारले गर्दैन। कठघरामा उभ्याइन्छ ।’

उनले सरकारले कसैप्रति पूर्वाग्रह नराख्ने पनि बताए । उनले भने,’यो सरकार प्रतिशोधका लागि बनेको होइन। अर्थतन्त्र सुधार, समाज सुधारका लागि बनेको हो। यो सरकारले कसैप्रति पूर्वाग्रह राख्दैन। कसैलाई दुःख दिने काम गर्दैन ।’

उनले भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन आवश्यक भएको बताए। भ्रष्टाचार न्यूनीकरण र अन्त्यका लागि उक्त ऐनमा संशोधन आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij