२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

कञ्चनपुरमा महिलाको ज्यान लिने नरभक्षी बाघ नियन्त्रणमा

कञ्चनपुरमा महिलाको ज्यान लिने नरभक्षी बाघ नियन्त्रणमा

कञ्चनपुर । बुधबारदेखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघ डार्ट गरी नियन्त्रणमा लिइएको छ । शुक्रबार बिहान साढे नौ बजे बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको नेपाली सनोका मेजर नवीन बोहराले जानकारी दिए ।

उक्त बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिएको छ । त्यसपछि कहाँ लग्ने भन्नेबारे छलफल गरेर टुङ्गो लाग्ने बताइएको छ । नरभक्षी बाघको आक्रमणमा परेर बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका –२ की २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो ।

धान खेतमा काम गरिरहेकी शाहलाई बाघले आक्रमण गरी लगेको थियो । उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij