२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

स्रोत नखुलेको २६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको २६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं : सीमा क्षेत्रबाट प्रहरीले स्रोत नखुलेका ठूलो परिमाणको नोटसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले महोत्तरीबाट भारत विहारको मधुवनी जिल्लास्थित मधवापुर ग्राम पञ्चायतका २६ वर्षीय सुमित साहलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट स्रोत नखुलेको २६ लाख बराबरको नेपाली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवं डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।  उनीबाट एक हजार, एक सय र पचास दरका नेपाली रुपैयाँ बरामद भएको हो।

प्रहरीले मटिहानी–३ स्थित जनकपुर मटिहानी सडक खण्डमा पर्ने प्रतापी बाबा मन्दिर अगाडिबाट उनलाई पक्राउ गरेको हो। ज १२ प १६४४ नं को मोटरसाइकलबाट आउँदै गरेका साहलाई चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाई राखेको अवस्थामा नोट फेला परेको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij