२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

माछापुच्छ्रे बैंकको पासबाट विश्वभरका एअरपोर्टमा सुविधा पाइने

माछापुच्छ्रे बैंकको पासबाट विश्वभरका एअरपोर्टमा सुविधा पाइने

काठमाडौं । डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भुमिका निभाउदै आएको माछापुच्छ्रे बैंक लि.ले प्राथमिकता एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । जस अन्तर्गत प्राथमिकता एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिना झन्झट उक्त पासको प्रयोग गरि सरल र सहज तरिकाबाट Priority लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् ।

यो प्राथमिकता सुविधा (Priority Pass) सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जस अन्तर्गत कोलिन्सन ग्रुप, यु.के. (UK) ले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० शहरहरुमा अवस्थीत 1400+ एयरपोर्टमा रहेका एयरपोर्ट लाउन्जहरू (Airport Lounges) हरुमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ ।

प्राथमिकता सुविधा​​​​​​​ (Priority Pass) ले उडान गर्नु अघि, एयरपोर्ट लाउन्जहर (Airport Lounges) अनुसार सोफामा आराम गर्न र निशुल्क खाना तथा खाजाको आनन्द लिन वा निःशुल्क Wi-Fi प्रयोग गर्न लगायत अन्य अतिरिक्त सुविधाहरु सहित लाउन्जको अनुभव प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij