२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

पोखरीका माछा मरेपछि ६० लाख रुपैयाँ बराबरको क्षति

पोखरीका माछा मरेपछि ६० लाख रुपैयाँ बराबरको क्षति

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा सञ्चालित पोखरीमा रहेका माछा मरेका छन् । यसबाट झण्डै ६० लाख बराबरको क्षति भएको छ ।

‘पोखरीमा केही महिना पहिले ५० हजारको सङ्ख्यामा विभिन्न जातिका माछाका भुरा हालिएका थिए’, उनले भनिन्, ‘माछा बढेर अहिले ठूला भइसकेका थिए तर के कसरी मरे भन्ने अहिलेसम्म पत्ता लागेको छैन, माछा एक्कासी कसरी मरे भन्ने परीक्षणका लागि पोखरीको पानी पठाइएको छ ।’

उनका ६ वटा माछा पोखरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij