काठमाडौँ- समाजवादी मोर्चाको बैठक आज (भदौ ३ गते) बस्दै छ। बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालका अनुसार आइतबार साँझ बस्ने बैठकमा मोर्चामा आबद्ध चार दलका शीर्ष नेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्नेछन्।
मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन्।
मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो। मोर्चाको नेतृत्व अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij