२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

साउने झरीमा हुने प्राकृतिक विपत्तिबाट जोगिएको खुसियालीमा सुदूरपश्चिममा ओल्के पर्व मनाउने चलन छ । आजको दिन मान्यजनलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूलसहित मिठो खाने कुरा दिने चलन छ ।

ओल्के पर्व मनाउनाले प्राकृतिक प्रकोपसहित रोगब्याधीबाट बच्न सकिने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij