२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

सल्यानमा अटो दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते

सल्यानमा अटो दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते

सल्यान : जिल्लाको त्रिवेणी गाउँपालिकामा अटो दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

छत्रेश्वरी गाउँपालिका ४ अकाशेका अन्दाजी ५१ वर्षीय ठगी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

गाउँपालिका–६ लुहाम बजारबाट वडा न ५ ढोरचौर गाउँतर्फ जाँदै गरेको रा १ ह ३९३० नम्बरको अटो वडा नं. ५ लाम्रीखोला स्थित भित्री कच्ची सडकमा दुर्घटना हो।

अन्य दुई जना भने सामान्य घाइते भएको र उपचारका लागि लुहाम पठाइएको उनले बताए। उकालोमा चढ्न नसक्दा अटो सडकबाट करिब १५० मिटर तल खसेको थियो। अटो चालकलाई नियन्त्रणममा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij