२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

विशेष पद सिर्जना गरी निलम्बित मुख्यसचिव अर्यालको सरुवा

विशेष पद सिर्जना गरी निलम्बित मुख्यसचिव अर्यालको सरुवा

काठमाडौं । सरकारले मुख्यसचिवबाट निलम्बित वैकुण्ठ अर्यालको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी सरुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले अर्यालको अवधिभर उक्त विशेष पद कायम रहने जानकारी गराइन् । अर्याल निलम्बनमा परेपछि निमित्त मुख्य सचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिइएको छ ।

अन्तशुल्क स्टिकर खरिदमा अनियमितता भएको भन्दै अर्यालविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij