२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

महिला विश्वकप : दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र इङ्ल्याण्ड भिड्ने

महिला विश्वकप : दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र इङ्ल्याण्ड भिड्ने

काठमाडौँ- फिफा महिला विश्वकपको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र इङ्ल्याण्ड भिड्दैछन्। खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ बजे सिडनीमा शुरु हुनेछ।

दुवै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिँदैछन्। अष्ट्रेलिया घरेलु मैदानमा इङल्याण्डलाई हराउँदै फाइनल पुग्ने रणनीतिमा छ।

इङ्ल्याण्डले विश्वकपमा लगातार तेस्रोपटक सेमिफाइनलमा खेल्न लागेको हो। फिफा बरियतामा इङ्ल्याण्ड चौथो र अष्ट्रेलिया १० औँ स्थानमा छन् ।

बुधबारको विजेताले स्पेनसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ। मंगलबार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।

बुधबार पराजित हुने टोलीले तेस्रो स्थानका लागि स्वीडेनसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij