२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीले मनायो दोस्रो स्थापना दिवस

राष्ट्रिय स्वतन्त्र पार्टीले मनायो दोस्रो स्थापना दिवस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।

रास्वपाको वनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, सभामुख देवराज घिमिरे लगायत सहभागी भएका छन् ।

चियापान कार्यक्रममा प्रधानमन्त्रीसहित मन्त्रीहरू, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ । आमन्त्रित व्यक्तित्वहरूले पार्टी कार्यालयमा राखिएको घण्टी समेत बजाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij