२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

शेयर बजारमा १० अंकको गिरावट

शेयर बजारमा १० अंकको गिरावट

काठमाडौं । बुधबार सामान्य बढेको शेयर बजार बिहीबार भने दोहोरो अङ्कले घटेको छ । बिहीबार नेप्से आज १० दशमलव ४४ अङ्कले घटेर २ हजार ६८ दशमलव ३१ विन्दुमा झरेको छ ।

आज फाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन कालिका लघुवित्त कम्पनीको शेयर भने साढे प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज ३ सय ६ वटा कम्पनीका ८६ लाख ६३ हजार कित्ता शेयर ३ अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल कम्पनीको १७ करोड १४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij