२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

विद्यालय पोशाकमै हराएका पोखराका तीन बालिका अझै फेला परेनन्

विद्यालय पोशाकमै हराएका पोखराका तीन बालिका अझै फेला परेनन्

काठमाडौँ- कास्कीको पोखरा महानगरपालिकाबाट एकै दिन दिन हराएका तीन बालिका अझै फेला परेका छैनन्।

पोखरा महानगरपालिका–२ अर्चलबोटकी १४ वर्षीया राधिका परियार, वडा नं. २ विन्ध्यवासिनीका १४ वर्षीया मनिका परियार र १३ वर्षीया एलिसा परियार हराएका हुन्। १३ र १४ वर्ष उमेरका उनीहरू साउन १९ गते विद्यालय पोशाकमै हराएका थिए।

जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार उनीहरू सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए।

उनीहरूको खोजीका लागि आफन्तसहित सम्भावित ठाउँमा पुग्दा पनि फेला नपरेको प्रहरीले जनाएको छ। मनिका र राधिका पोखराको टुँडिखेलमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन भने एलिशा बरपाटनमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयकी विद्यार्थी हुन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij