२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

मुलुकमा सुशासन झन् कमजोर हुँदै गयोः सांसद खतिवडा

मुलुकमा सुशासन झन् कमजोर हुँदै गयोः सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मुलुकमा सुशासन झन् कमजोर हुँदै आएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले दक्षता र योग्यताको आधारमा नभइ पार्टीका झण्डा बोकेको आधारमा कर्मचारीहरूलाई राख्ने र फाल्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै सत्ता जोगाउने खेलमा लागेको आरोप लगाए। उनले भने, ‘प्रधानमन्त्री सत्ता जोगाउने खेलमा लाग्ने। चुनाव अघि एउटा कुरा गर्ने चुनावपछि अर्को कुरा गर्ने । सुशासन झन् कमजोर हुँदै गएको छ। सुशासन कायम गर्ने सबैको पहिलो कर्तव्य हो।’

खतिवडाले काम गर्न नसकेका भनिएका सचिवहरूलाई प्रधानमन्त्री कार्यालयमा थन्क्याउन गरेको भन्दै सरकारको आलोचना गरे।

उनले भने, ‘प्रधानमन्त्री कार्यालय कमजोर व्यक्तिहरूलाई थन्क्याउने काम भएको छ। सरुवा बढुवामा पारदर्शिता छैन। हिजोको हुकुमी शैलीमा संघीय मामिलामा मात्रै नभइ प्रदेश, संघमा स्थानीय तहका कर्मचारीहरूलाई पहुँचको आधारमा सरुवा बढुवा हुने पद्धतिको विकास भएको छ। एउटा सचिव एउटा मन्त्रालयमा दुई /तीन महिनामा सरुवा भएको छ। त्यसले सुशासनको अनुभूति दिन सक्छ ?’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij