२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा

जलेश्वर ।  महोत्तरीमा नेपाल र भारतको मुख्य सीमानाका रहेको जलेश्वर भन्सारअगाडि जानकी मन्दिरको अनुभूति गराउने प्रवेशद्वार निर्माण गरिएको छ ।

जलेश्वर भन्सार कार्यालयको एक करोड ८८ लाख ३३ हजार नौ सय ३९ लागतमा जनकपुरमा अवस्थित जानकी मन्दिर जस्तै आकर्षक प्रवेशद्वार निर्माण गरिएको जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलले बताए । प्रवेशद्वारमा जानकी मन्दिरको जस्तै आकर्षक बुट्टा काट्ने, रङ्गरोगन गर्ने र बत्ती जडान गर्न भन्सारले चालु आवमा पुनः६६ लाख ९३ हजार एक सय ८५ प्रदान गरेको थियो ।
्
विश्वसम्पदा सूचीमा समावेश गर्न सिफारिस गरिएको जनकपुरस्थित जानकी मन्दिरजस्तै देखिने यो प्रवेशद्वार हेर्न महोत्तरी आसपासका क्षेत्रका साथै भारतबाट पनि सयौँ मानिस दैनिक रूपमा यहाँ आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij