२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

कानुनमन्त्री गुरुङ उपचारपछि घर फिर्ता

कानुनमन्त्री गुरुङ उपचारपछि घर फिर्ता

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ स्वास्थ्य उपचारपछि घर फर्किएका छन्।

कानुनमन्त्री गुरुङ गत बिहीबार बिहान एक्कासि ‘ब्लड प्रेसर लो’ भएपछि उपचारका लागि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

मन्त्री गुरुङ स्वास्थ्य लाभ गरी हिजाे राति मन्त्री क्वार्टर पुल्चोक फर्केको उनका स्वकीय सचिव प्रेमप्रकाश केसीले जानकारी दिए ।

अस्पतालमा रहँदा मन्त्री गुरुङलाई त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij