२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

बाढीको त्राससँगै कोसी ब्यारेजका सबै ढोका खोलिए, पूर्वपश्चिम राजमार्ग बन्द

बाढीको त्राससँगै कोसी ब्यारेजका सबै ढोका खोलिए, पूर्वपश्चिम राजमार्ग बन्द

काठमाडौँ- कोसी नदीमा आएको बाढीका कारण उच्च खतरा देखिएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएका छन्।

सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोसी नदीमाथि निर्मित १ हजार १ सय ७५ मिटर लामो पुललाई कोसी ब्यारेजको नामले चिनिन्छ। जसले पूर्वपश्चिम राजमार्गलाई जोडेको छ।

बाढीले रातिदेखि ब्यारेजमा उच्च खतरा देखिएपछि सबै ढोका खोलिएका हुन्।

आज (सोमबार) बिहान ४ बजेदेखि अहिलेसम्म निरन्तर रूपमा ब्यारेजमा प्रतिसकेन्ड ४ लाख ६२ हजार ३ सय ४५ क्युेसेक पानी उच्च गतिमा बगिरहेको छ।

कोसी ब्यारेजका सबै ढोका खोल्नुपरेको यो तेस्रोपटक हो भने पानीको बहाव २५ वर्षपछि यति धेरै भएको हो। कोसी ब्यारेजमा अहिले आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij