२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

साताव्यापी भ्रमणका लागि आज चीन जाँदै उपराष्ट्रपति यादव

साताव्यापी भ्रमणका लागि आज चीन जाँदै उपराष्ट्रपति यादव

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादव आज (सोमबार) एक हप्ताका लागि चीन भ्रमणमा जाँदै छन्।

चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात–निर्यात मेला’मा सहभागी हुन उनी आज अपराह्न ४ः२५ बजे काठमाडाैंबाट त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार यही साउन ३१ देखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुन उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने मन्त्रालयका शिष्टाचार महापाल सुधीर भट्टराईले जानकारी दिएका छन्।

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij