२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

विपद व्यवस्थापनको पूर्वतयारीमा सरकारको ध्यान पुगेनः सचिव भट्टराई

विपद व्यवस्थापनको पूर्वतयारीमा सरकारको ध्यान पुगेनः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विपद व्यवस्थापनको पूर्वतयारीमा सरकारको ध्यान नपुगेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सचिव भट्टराईले विपद जोखिम न्यूनीकरण र पूर्वतयारीमा सरकारको जुन तहको तयारी हुनुपर्ने थियो त्यो नभएको बताएका हुन् ।

उनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनाएपनि बजेट कम नदिइएको बताए । उनले भने, ‘प्राधिकरणको कामको लागि वार्षिक जम्मा १८ करोड बजेट दिइएको छ । त्यसमा १५ करोड साधारण खर्च छ । तलब भत्ता, पारिश्रमिकमा छ । अब बाँकी तीन करोडले के काम हुन्छ र ?’

उनले प्राधिकरणको बजेट पनि कम भएको र आधुनिक उपकरण पनि नभएकाले बजेट बढाउन माग गरे । त्यस्तै उनले सीमिति स्रोत साधनकाबीच नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जोखिम रुपमा उद्धार गरिरहेका बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij