२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित

एमाले काठमाडौँको अध्यक्षमा दीपक निरौला निर्वाचित

काठमाडौँ । नेकपा एमामले काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन् । उनी तीन सय ७० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गरेको अधिवेशन आयोजक कमिटीका सदस्य सरस्वती गौतमले जानकारी दिए । जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित भएका छन् ।

महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित हुनु भएको छ । यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो । आज ९५ पदका लागि मात्र निर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij