काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई भरतपुर भम्रण वर्ष २०२४ लक्षित सौराहाका विभिन्न होटल तथा रेष्टुरेन्टसँग विशेष छुट सम्झौता भएको छ।
छुट्टाछुट्टै समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेश–५ की प्रमुख साङ्ग्रीला श्रेष्ठ र सौराहा शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवामा छुट प्राप्त हुने छ।
भरतपुरका सौराहा, मेघौली, कसरा, देबघाटधाम जस्ता रमणिय एवं धार्मिक क्षेत्रको भ्रमण गर्नेहरूका लागि उपयुक्त गन्तव्यका रुपमा लिइन्छन्।
सम्झौता बमोजिम ग्राहक तथा बैँकका कर्मचारीका लागि आवासमा ८ देखि १५ प्रतिशत तथा खाना र पेय पदार्थमा १० देखि १५प्रतिशतसम्म छुट प्राप्त हुने छ।
बैंक र होटल एकावा इन (फोर स्टार होटल), सपना भिलेज लज, सिद्धार्थ भिल्लास बनबास, होटेल बनबास , होटल वाइल्डलाइफ क्याम्प, पार्क सफारी रिसोर्ट, चौतारी गार्डेन रिसोर्ट, राइनो लज एण्ड होटल, होटल रोयल सफारी, द पार्क सेन्चुरी होटल , ट्राभलर्स जङ्गल क्याम्प, होटल मिराज, ओपन सेकुवा कर्नर, रिभर भ्यू जंगल क्याम्प, हिमालयन इन, जंगल सफारी लज, रोयल टाइगर लक्जरी होटलबीच सम्झौता भएको हो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij