काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद सुनिल शर्माको रिहाइबारे संसद् सचिवालयलाई जानकारी गराएको छ।
शुक्रबार साँझ हिरासतबाट छुटेका सांसद शर्माको रिहाइबारे सभामुखलाई पत्र लेख्दै सीआईबीले रिहाइको जानकारी गराएको हो।
‘…जिल्ला सरकारी वकील कार्यालय, काठमाडौं मार्फत सम्मानित काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदा “प्रतिवादी सुनिल कुमार शर्मा भागी जाने सम्भावना पनि नरहेको र निजले प्रमाणको लोप वा नष्ट गर्ने अवस्थाको विद्यमानता समेत रहेको नदेखिंदा म्याद थपका लागि उपस्थित गराईएका प्रतिवादी सुनिल कुमार शर्मालाई मुद्दा अनुसन्धानका लागि प्रहरी हिरासत थुनामा नै राख्नु पर्ने अवस्थाको विद्यमानता मिसिल संलग्न कागजातबाट नदेखिंदा यी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा १ बमोजिम तारेखमा राखी मुद्दा अनुसन्धान गर्नू” भन्ने मे व्यहोराको सम्मानित काठमाडौं जिल्ला अदालतको आदेश बमोजिम माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाडिएको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ,’ सभामुखलाई पठाइएको पत्रमा भनिएको छ।
प्रमाणपत्र किर्ते गरेको आरोपमा सांसद शर्मालाई सीआईबीले बिहीबार पक्राउ गरेको थियो। उनलाई शुक्रबार काठमाडौै जिल्ला अदालतले थुनामा नराखी अनुसन्धान गर्नेगरी रिहा गर्न आदेश दिएको हो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij