काठमाडौँ- नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अनुसन्धानका लागि म्याद थप्न अदालतले अस्वीकार गरेको छ। बिहीबार दिउँसो आफ्नै निवास मण्डिखाटारबाट पक्राउ परेका शर्मालाई आज शुक्रबार थप अनुन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौँ पुर्याएको थियो।
अदालतले म्याद थप गर्न अस्वीकार गरेसँगै उनी थुनामुक्त भएका छन्। नक्कली शैक्षिक प्रमाणपत्रमा छानबिनका लागि भन्दै पक्राउ परेका अन्य सात जना डाक्टरहरू भने प्रहरी हिरासतमै छन्।
उनी मोरङ ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन्। न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईब)लाई आदेश दिएको हो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij