२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

मधेशका मुख्यमन्त्री सिंहले लिए शपथ

मधेशका मुख्यमन्त्री सिंहले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट सिंहले पद तथा गोपनीयताको लिएका हुन् ।

जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सतिश सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

जनमतसँगै, एमाले, माओवादी, नेकपा एस, नाउपा र नेपाल संघीय समाजवादीका गरि कूल ५६ जना सांसदले समर्थन गरेका थिए । मुख्यमन्त्री सिंहसँगै मन्त्रीहरूले पनि शपथ लिएका छन् । अर्थमन्त्रीमा माओवादीका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई नियुक्त भएका छन् ।

यस्तै, एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा(एकीकृत समाजवादी)बाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा नेकपा(एकीकृत समाजवादी)की बेंची लुङ्गेलीलाई ऊर्जा, सिँचाइ र खानेपानी मन्त्री, एकमात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी दिइएको छ ।

एमालेकै राजकुमार लेखीले शिक्षा तथा संस्कृति मन्त्रालय र शत्रुधनप्रसाद सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका छन् । त्यस्तै एमालेबाटै प्रमोदकुमार जयसवालले खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मा पाएका छन् ।

त्यस्तै एमालेका केशव राय र शारदादेवी थापाले क्रमशः स्वास्थ्य राज्यमन्त्री र शिक्षा तथा संस्कृति राज्यमन्त्रीको लिएका छन् । त्यस्तै जनमत पार्टीकी न्जुकुमारी मण्डल खङ्गले विनाबिभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij