२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

प्रभु बैंक–हेयर एन्ड शान्ति सैलुनबीच सौन्दर्य सेवामा छुट सम्झौता

प्रभु बैंक–हेयर एन्ड शान्ति सैलुनबीच सौन्दर्य सेवामा छुट सम्झौता

काठमाडौं । प्रभु बैंक र कमलादीस्थित हेयर एन्ड शान्ति सैलुनबीच ग्राहक तथा कर्मचारीलाई सौन्द्रर्य सेवा–सुविधामा विशेष छुट दिने सम्झौता भएको छ।

सम्झौतापछि हेयर एन्ड शान्ति सैलुनले बैंक ग्राहक तथा कर्मचारीलाई प्रोफेसनल मेकअप, पेनलेस डिपिलियसन, हेयरकट एन्ड स्टाइलिङ, आईलेस एक्स्टेन्सन, स्पालगायत सेवामा विशेष छुट पाउनेछन्।

छुट सम्झौतमा हेयर एन्ड शान्ति सैलुनका निर्देशक राजकुमार श्रेष्ठ र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले हस्ताक्षर गरे।

सम्झौतापछि हेयर एन्ड शान्तिमा सौन्दर्यसम्बन्धी सेवा लिँदा (थ्रेड्रिङबाहेक) ग्राहकले १० प्रतिशत र कर्मचारीले ३० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।

छुट सुविधा पाउन ग्राहकले बैंकको डेबिट, क्रेडिट कार्ड तथा विद्युतीय प्रणालीमध्ये कुनै एक तथा कर्मचारीले बैंक परिचयपत्र पेस गर्नुपर्नेछ।
हाल हेयर एन्ड शान्तिले काठमाडौंभित्र ८ बाहिर ४ आउटलेटबाट सौन्दर्यसम्बन्धी सेवा दिँदै आएको छ।

बैंकले ३०२ शाखा, २८५ एटीएम र ७० एक्सटेन्सन काउन्टर मार्फत  बैंकिङ सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij