काठमाडौँ- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा सांसद डा सुनील शर्मासहित ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शर्मासहित डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन्।
कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी गर्न काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले अपरेशन चलाएको हो।
सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij