२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

सिम्रिक एयरको सबै उडानमा आजबाट रोक

सिम्रिक एयरको सबै उडानमा आजबाट रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट लागु हुने गरी सिम्रिक एयरको सबै उडानमा रोक लगाएको छ ।

प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा पनि नतिरेपछि उडानमा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

सिम्रिकले आर्थिक वर्ष २०७९/०८० मा कुल ५५ लाख रुपैयाँ तिर्नु पर्ने थियो । उक्त बक्यौता तिर्न आग्रह गर्दा करिब आठ लाख रुपैयाँमात्र तिरेको थियो । बाँकी ४६ लाख बक्यौता तिर्न पटकपटक ताकेता गर्दा पनि नतिरेपछि आजबाट सबै उडानमा रोक लगाएको हो ।

प्राधिकरणको अडिटमा पनि सिम्रिकको वित्तीय अवस्था कमजोर देखिएको छ ।

बक्यौता तिरेको दिनदेखि नै पुनः उडान सुरु गर्न दिने अधिकारी भुलले जानकारी दिए । ‘फाइनान्सियल अवस्था धेरै कमजोर देखियो । यसले जहाजको सामग्री खरिद गर्दा गुणस्तरमा र कर्मचारीहरूको तलब भत्तामा कम्परमाइज (सम्झौता) हुनसक्छ । उडान सुरक्षाको हिसाबले पनि गम्भीर देखिएपछि हामीले उडानमा रोक लगाएका हौँ,’ सूचना अधिकारी भुलले भने, ‘यसमा कुनै पूर्वाग्रह छैन । जुन दिन ४६ लाख बक्यौता चुक्त हुन्छ त्यसै दिनबाट उडान सुरु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij