काठमाडौँ- संसदीय समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नियुक्तिका लागि उजुरी आह्वान गरेको छ।
आज सूचना प्रकाशित गर्दै सुनुवाइ समितिले उजुरी भए १० दिनभित्रमा कार्यालयमा पेस गर्न अनुरोध गरेको छ। समितिको सूचनामा उजुरी दिँदा मर्यादित भाषामा सबुत प्रमाणसहित बुझाउनु पर्नेछ।
उजुरी पेटिकामा आफ्नो नाम र नम्बर समेत खुलाउन अनुरोध गरेको छ।
७७ वटै जिल्ला प्रशासन कार्यालय र अन्य सरकारी कार्यालयमार्फत उजुरी पठाउन सकिने समितिको प्रकाशित सूचनामा उल्लेख छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij