२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

ओलीमाथि लगाएको आरोपमा माफी नमागे प्रतिवादमा उत्रिने एमाले उपाध्यक्ष विष्णु पौडेलको चेतावनी

ओलीमाथि लगाएको आरोपमा माफी नमागे प्रतिवादमा उत्रिने एमाले उपाध्यक्ष विष्णु पौडेलको चेतावनी

???????????? ?????? ????? ?????? ????? ????? ????????, ?? ??????? : ?????????????? ??????? ????? ?????? ????? ?????? ????? ???????????? ????? ? ?????? : ???? ???????/????

काठमाडौं । नेकपा एमालेले गिरिबन्धु प्रकरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेसले लगाएको आरोपको लिखित रुपमा माफी माग्न चेतावनी दिएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनेबारे छलफल गर्न बसेको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे एमाले आरोपहरू सुनेर नबस्ने चेतावनी दिएका हुन् ।

उनले नेपाली कांग्रेस यस्ता अभिव्यक्तिबाट पछि नहटे एमाले प्रतिवादमा उत्रिने चेतावनी दिए । उनले भने, ‘पछिल्ला दिनमा हाम्रो पार्टीका श्रद्धेय अध्यक्षका विरुद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहीन, गलत, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लाञ्छनाहरूको प्रचार गरिरहेका छन् । सबैभन्दा पहिला नेपाली कांग्रेसलाई आधारहीन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रह गर्न चाहन्छु । कांग्रेस यदि यस प्रकारका आफ्ना अभिव्यक्तिहरूबाट पछि हट्दैन भने नेकपा एमाले यस्त अभिव्यक्तिका विरुद्धमा राजनीतिक रूपमा प्रतिवादमा उत्रिन्छ ।’

उनले कांग्रेसले अध्यक्ष ओलीमाथि लगाएको आरोपमा लिखित रूपमा क्षमा याचना नमागे एमाले राजनीतिक प्रतिवादमा उत्रिने पौडेलले चेतावनी दिए । उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन कांग्रेस तयार नभएको आरोप लगाए ।

कांग्रेस नेताहरुले सहकारी प्रकरणमा एमालेले गृहमन्त्री रवि लामिछानेलाई जोगाउने र गिरिबन्धुमा रास्वपाले एमाले अध्यक्ष ओलीलाई जोगाउने सहमति भएको भन्दै अभिव्यक्ति दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij