२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

कार्यादेशको टुंगो लगाउन बसेको सत्तापक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

कार्यादेशको टुंगो लगाउन बसेको सत्तापक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

काठमाडौं । सहकारी ठगीको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेशमा दलहरूले आ–आफ्नो अडान नछोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको बैठक निष्कर्षविहीन बनेको छ ।

दलहरुले आआफ्नो अडान नछाडेपछि बैठक निष्कर्षविहीन बनेको हो । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनमा सत्ता पक्षले दोहोरो चरित्र देखाएको आरोप लगाएको छ ।

बालुवाटारमा बसेको शीर्ष दल र कार्यदलको बैठकपछि कांग्रेस नेता जीवन परियारले समिति गठनमा सत्ता पक्षले दोहोरो चरित्र देखाउँदा कार्यादेशमा टुंगो लाग्न नसकेको बताए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता पक्ष र प्रतिपक्षीसँग छुट्टाछुट्टै छलफल गरेको बताउँदै परियारले कार्यादेशमा टुंगो लगाउन प्रधानमन्त्री सकारात्मक रहेपनि सत्तारुढ दलहरूले भने यो समस्यालाई अल्झाइराख्न खोजिरहेको आरोप लगाए ।

उनले भने,‘सत्तापक्षबाट आएको प्रस्ताव हामीलाई मान्य छैन। सहकारी ठगीमा लामिछानेको नाम किटेर संसदीय छानबिन समिति बनाउनुपर्ने हाम्रो बटम लाइन यथावत छ।’

तर सत्ता पक्ष भने व्यक्तिगत नाम किटेर समिति बनाउन नहुने अडानमा छ। दलहरूका आ–आफ्ना अडानका कारण संसद्को कामकारवाही समेत प्रभावित हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij