२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

राप्रपाद्वारा काठमाडौंमा मोटरसाइकल र्‍याली, ४० बुँदे माग पूरा गर्न माग

राप्रपाद्वारा काठमाडौंमा मोटरसाइकल र्‍याली, ४० बुँदे माग पूरा गर्न माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारलाई बुझाइएको ४० बुँदे मागको कार्यान्वयनमा दबाब दिने उद्देश्यले काठमाडौँसहित मुलुकका विभिन्न भागमा मंगलबार मोटरसाइकल र्याली गरेको छ ।

पार्टीमा प्रशिक्षण र युवा परिचालन कार्यक्रमअन्तर्गत देशभरका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा आज मोटरसाइकल र्याली गरिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । काठमाडौँमा बबरमहलबाट सुरु भएको र्याली नगरपरिक्रममा पछि दरबारमार्गमा पुगेर समापन भएको थियो ।

सो र्यालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेता र कार्यकर्ता सहभागी भएका थिए । मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र दुई तहको सरकारको शासकीय प्रणालीसहित विभिन्न विषयमा ४० बुँदे माग गत फागुन ९ गते सरकारलाई मागपत्र बुझाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij