२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

पहिलोपटक विश्व साइक्लिङमा भाग लिँदै नेपाल

पहिलोपटक विश्व साइक्लिङमा भाग लिँदै नेपाल

काठमाडौं : नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसीपमा सहभागी हुँदैछ। यही साउन १७ देखि २८ गतेसम्म स्कटल्याण्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान एक–एक पुरुष/महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्।

पुरुषमा सुरज रानामगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटिबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलाडी १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन्। उषाले १३औँ दक्षिण एसियाली खेलकुदमा एमटिबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन्।

यसैगरी टोली व्यवस्थापकमा नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी छन्। टोली आइतबार स्कटल्याण्ड प्रस्थान गर्नेछ । सहभागी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बिहीबार बिदाइ गरे।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij